आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजारको आवेदन

बिहीबार , असोज १४ २०७८
बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजारको आवेदन

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा २६ लाख ९२ हजार १ सय २० कित्ता सेयरको आवेदन परेको छ। जसमा २१ लाख ४२ हजार डिम्याट खाताबाट आवेदन परेको हो।  

काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा २६ लाख ९२ हजार १ सय २० कित्ता सेयरको आवेदन परेको छ। जसमा २१ लाख ४२ हजार डिम्याट खाताबाट आवेदन परेको हो।  

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता आइपीओ निष्काशन गरेको हो। यसअनुसार कम्पनीले आठ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो।

कर्मचारीलाई सहित गरी ८ लाख भएपनि सर्वसाधारणले भने ७ लाख ४४ हजार कित्ता मात्रै आवेदन खुलेको थियो। १० कित्ताका दरले जम्मा ७४ हजारले मात्रै सेयर पाउने छन्। 

लिमिटेडले ११ असोजमा सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

 


प्रकाशित : बिहीबार , असोज १४ २०७८१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend