शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन अनुमति दिने आलेको निर्णय नयाँ मन्त्रीले गरे खारेज 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
images
सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन अनुमति दिने आलेको निर्णय नयाँ मन्त्रीले गरे खारेज 

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय बैशाखमा भएको थियो। 

images
images

काठमाडौं-  लुम्बिनी विकास कोष परिषद्ले सुरुज वैद्यको कम्पनीलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने यसअघिको निर्णय खारेज गरेको छ। 

images
images

निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेको निर्देशनमा दिइएको अनुमति अहिलेका मन्त्री जीवनराम श्रेष्ठले खारेज गरिदिएका हुन्। 

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजनाविपरीत 'क्याम्पेन ग्राउन्ड' मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरेको परिषद्ले जनाएको छ। 

images
images
images

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय बैशाखमा भएको थियो। 

आलेले अपारदर्शी रुपले लुम्बिनीमा एउटा कम्पनीलाई छिराउन उक्त निर्णय गराएका थिए। 

लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई 'ग्राउन्ड क्याम्पियनिङ' को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको थियो।  आलेको प्रस्तावमा उक्त कम्पनीलाई रिसोर्ट सञ्चालनको अनुमति दिने निर्णय भएको थियो। 

संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य यसअघि भिजिट नेपाल कार्यक्रमका संयोजक थिए। 

मन्त्री आलेको ठाडो आदेशमा सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय मन्त्री आलेको ठाडो आदेशमा सुरज वैद्यलाई लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय

लुम्बिनी क्षेत्रको विकासका लागि भनेर तयार भएको गुरूयोजना विपरित आलेले उक्त कम्पनीलाई अनुमति दिने निर्णय गराएका थिए। 

गुरूयोजनामा धार्मिक पर्यटकहरूको सहज आवासका लागि तीनवटा होटल बनाउने उल्लेख गरिएको छ। यो योजनाअनुसार यसअघि नै तीनवटा होटल सञ्चालन भइसकेका छन्। होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस अहिले नै सञ्चालनमा आएका छन्। 

यसअघि नै सुरज वैद्य कोषको उपाध्यक्ष हुँदा प्रक्रिया अघि बढाएका थिए। तर गुरूयोजना विपरीत हुने भन्दै यसअघिका अध्यक्षहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। तर असोजमा मन्त्री भएर आएका मन्त्री आलेले वैद्यको प्रस्ताव स्वीकारमात्र गरेनन् अपारदर्शी ढंगले जिम्मा दिने निर्णय गराएका  थिए। 

 


प्रकाशित : मंगलबार, साउन १७ २०७९०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend