शुक्रबार, जेठ ४ गते २०८१    
images
images

महँगियो भेडा च्याङ्ग्रा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
images
images
महँगियो भेडा च्याङ्ग्रा

दसैँमा मुस्ताङी भेडाच्याङ्ग्राको मासुको माग बढ्ने गर्दछ। यसपटक पनि कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ।

images
images

गलेश्वर- दसैँमा मुस्ताङी भेडाच्याङ्ग्राको मासुको माग बढ्ने गर्दछ। यसपटक पनि कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ।

images
images
images

तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिए। मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष जिल्लामै भेडा च्याङ्ग्राको अभाव देखिएको बताए।

images

'लोमान्थाङबाट आज  मात्रै केही भेडा च्याङ्ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु' अध्यक्ष तुलाचनले भने,'गतवर्ष व्यापारीले २७ हजार रुपैयाँ प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक ३५ हजार रुपैयाँभन्दा माथि पुगेको जानकारी आएको छ।'

images
images

मूल थलोमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्नसक्ने उनको भनाइ रहेको छ। गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यसवर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ।

images
images

कोभिड १९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आउनुभएको गुञ्जा तेन्जिङले बताए। पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रमा आएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन्। 

उनका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य ३५ हजारदेखि ३९ हजार रुपैयाँसम्म रहेको छ। सामान्य अवस्थामा व्यापारीले दसैँलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरेकामा यसवर्ष यस्तो नभएको उनको भनाइ छ।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन्। गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यसवर्ष त्यो मेला हुन नपाएको सङ्घका अध्यक्ष तुलाचनले जानकारी दिए। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन्। रासस 


प्रकाशित : बिहीबार , असोज १४ २०७८०७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend