आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बुद्धभूमिको आईपीओ भर्ने आज अन्तिम दिन

बिहीबार , असोज १४ २०७८
बुद्धभूमिको आईपीओ भर्ने आज अन्तिम दिन

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता आइपीओ निष्काशन गरेको हो।

काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता आइपीओ निष्काशन गरेको हो। यसअनुसार कम्पनीले आठ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो।

लिमिटेडले ११ असोजमा सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।

 


प्रकाशित : बिहीबार , असोज १४ २०७८०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend