आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कोरोना बीमाकाे तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

बुधबार, असोज १३ २०७८
कोरोना बीमाकाे तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्।

काठमाडौं- विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्। 

बुधवार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्। 
विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ। 


प्रकाशित : बुधबार, असोज १३ २०७८११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend