आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु

सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्र पाउन १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परीक्षणकालीन अनुमतीपत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ। 

काठमाडौं- यातायात व्यवस्था विभागले धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण सुरु भएको हो। 

सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्र पाउन १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो। अब परीक्षणकालीन अनुमतीपत्र वितरण सुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ। 

ट्रायल परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए।

चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको उनको भनाइ छ।

‘सेवाग्राहीबाट लाइसेन्स ढिला आउने, क्वालिटीको नआउने जस्ता धेरै नै गुनासो आएको थियो, अब त्यो गुनसो हामी कम गर्दै जानेछौं,’ उनले भने, ‘हामी परीक्षार्थीले परीक्षा दिएको एक हप्तामा एक वर्षिय परीक्षण लाइसेन्स दिनेछौं।’ 

प्रकाशित : बुधबार, असोज १३ २०७८१०:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend