मंगलबार, वैशाख ४ गते २०८१    
images
images
images
images

फोर्डको इलेक्ट्रिफिकेसन : ब्याट्री र कार उत्पादनमा ११.४ अर्ब डलर लगानी

images
बिजनेस न्युज
images
फोर्डको इलेक्ट्रिफिकेसन : ब्याट्री र कार उत्पादनमा ११.४ अर्ब डलर लगानी

उक्त दुई प्लान्टबाट कम्पनीले ठूलो संख्यामा व्याट्री र इलेक्ट्रिक पिकअप र कार उत्पादन गर्ने जनाएको छ। फोर्डले दुई प्लान्टमा गरिने उक्त लगानीबाट ११ हजार नयाँ रोजगारी सृजना हुने उल्लेख गरेको छ। 

images

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर कम्पनीले इलेक्ट्रिक कार तथा ब्याट्री उत्पादनमा ठूला लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले नयाँ उत्पादनका लागि टेनिसी र केन्टकीमा रहेको प्लान्टबाट इलेक्ट्रिक कार उत्पादनका लागि ११ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने बताएको हो। 

images
images
images

उक्त दुई प्लान्टबाट कम्पनीले ठूलो संख्यामा ब्याट्री र इलेक्ट्रिक पिकअप र कार उत्पादन गर्ने जनाएको छ। फोर्डले दुई प्लान्टमा गरिने उक्त लगानीबाट ११ हजार नयाँ रोजगारी सृजना हुने उल्लेख गरेको छ। 

images

फोर्डको इलेक्ट्रिक सवारीमा ठूलो लगानी घोषणाले तरंग ल्याएको छ। सवारीको क्षेत्रमा व्यापक परिवर्तन भएको हो तर अहिले नै उलटपुलट चाहिँ भइनसकेको फोर्डका कार्यकारी? अध्यक्ष बिल फोर्डले बताएको एनबीसी न्युजले लेखेको छ। 

images

फोर्डले इलेक्ट्रिक कार उत्पादनमा जाने गरि लिएको निर्णयलाई अमेरिकीहरुले स्वीकार गर्ने विश्वास व्यक्त गरेको छ। फोर्डले उत्पादन गर्ने इलेक्ट्रिक कारलाई अमेरिकीहरुले माया गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

images
images

टेनिसीमा रहेका प्लान्टमा ६ हजारले नयाँ रोजगारी पाउने छन्, जहाँ ५ अर्ब ६० करोड डलर लगानी हुने छ। सो प्लान्टबाट फोर्डको चर्चित एफ सिरिजको पिकअप ट्रक इलेक्ट्रिक भर्सनमा उत्पादन हुनेछ। दुवै प्लान्ट शून्य कार्बन उत्सर्जनमा आधारिकत हुनेछ। 

अर्को ५ हजार नयाँ रोजगारी केन्टकीमा रहेको प्लान्टबाट सृजना हुनेछ,जहाँ ५ अर्ब ८० करोड डलर लगानी हुनेछ। यो प्लान्टमा ब्याट्रीका साथै ‘नेक्स्ट जेनेरेसन इलेक्किट्रक फोर्ड’ र ‘लिंकन भेइकल’ उत्पादन हुने फोर्डले जनाएको छ। उक्त प्लान्टबाट फोर्डको इलेक्ट्रिक सवारी २०२५ देखि उत्पादन सुरु हुनेछ। 

हालसम्म अमेरिकामा ठूलो ब्याट्री उत्पादक कम्पनी नखुलेको फोर्डले उल्लेख गरेको छ। फोर्डले अमेरिकाको विभिन्न पार्टमा इलेक्ट्रिक सवारी सम्बन्धि पूर्वाधार विकासका लागि प्राविधिकहरु उत्पादन गर्न ५२ करोड ५० लाख डलर लगानी गर्ने बताएको छ। उक्त रकम मध्ये ९ करोड डलर टेक्ससमा मात्र लगानी हुनेछ। 

२०३० सम्ममा फोर्डले उत्पादन गर्ने सवारी मध्ये ४० प्रतिशत इलेक्ट्रिक हुने प्रक्षेपण कम्पनीले गरेको छ।  

images

प्रकाशित : बुधबार, असोज १३ २०७८०८:५९
  • सम्बन्धित विषय:

  • # फाेर्ड माेटर
  • # फाेर्ड इलेक्ट्रिक
  • प्रतिक्रिया दिनुहोस