आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मध्य भोटेकोशीको ९० लाख कित्ता आइपीओ जारी हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
मध्य भोटेकोशीको ९० लाख कित्ता आइपीओ जारी हुने

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। 

निष्कासन गरिने कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

सो सेयरमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ। 
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको विद्युत् आयोजना निर्माण गरिरहेको छ। 


प्रकाशित : बुधबार, असोज १३ २०७८०६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend