शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

फोनपेले सार्वजनिक गर्‍यो अफरका बिजेता 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २६ २०७८
फोनपेले सार्वजनिक गर्‍यो अफरका बिजेता 

काठमाडौं- फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’योजनाका बिजेता सार्बजनिक गरेको छ ।   

साउन १३ गतेदेखि सञ्चालन भएको यो योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् । हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्बजनिक हुने गरेका छन् । हालसम्म काठमाडौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रा.लि.उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् ।

योजनामा क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् । 


प्रकाशित : मंगलबार, साउन २६ २०७८१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend