बुधबार, वैशाख २६ गते २०८१    
images
images

सुमार्गी समूहले ३८ मेगावाट क्षमताको माथिल्लो आँखुखोलामा ७ अर्ब ३३ कराेड लगानी गर्ने

images
बिजनेस न्युज
images
images
सुमार्गी समूहले ३८ मेगावाट क्षमताको माथिल्लो आँखुखोलामा ७ अर्ब ३३ कराेड लगानी गर्ने

परियोजनाको अनुमानित ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ।

images
images

काठमाडौं- सुमार्गी समूहले ३८ मेगावाट क्षमताको आँखु खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

images
images
images

धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने धादिङ्ग आंखु खोला हाइड्रो कम्पनीले प्रवद्धित ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजनामा ७ वटा बैंकले संयुक्त लगानी समेत भएका छन्। 

images

निर्माणको लागि सिटिजन्स बैँकको नेतृत्वमा नेपाल एस.बि.आइ, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र सिभिल बैँकले ऋण लगानी गर्ने सम्झौता भएको छ। 

images

प्रवद्र्धक कम्पनी एवं बैँकहरुबीच १२ गते मंगलबारका वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ। परियोजनाको अनुमानित ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ। भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने समेत कम्पनीले जनाएको छ।

images
images

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जनाएको छ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली  ३ बी  हव सबस्टेशनमा जोडिने छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट विद्युत उत्पादन हुनेछ। 

 

 

images

प्रकाशित : ०१:०८
प्रतिक्रिया दिनुहोस