आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सुमार्गी समूहले ३८ मेगावाट क्षमताको माथिल्लो आँखुखोलामा ७ अर्ब ३३ कराेड लगानी गर्ने

बुधबार, असोज १३ २०७८
सुमार्गी समूहले ३८ मेगावाट क्षमताको माथिल्लो आँखुखोलामा ७ अर्ब ३३ कराेड लगानी गर्ने

परियोजनाको अनुमानित ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ।

काठमाडौं- सुमार्गी समूहले ३८ मेगावाट क्षमताको आँखु खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

धादिङ्गको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुने धादिङ्ग आंखु खोला हाइड्रो कम्पनीले प्रवद्धित ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजनामा ७ वटा बैंकले संयुक्त लगानी समेत भएका छन्। 

निर्माणको लागि सिटिजन्स बैँकको नेतृत्वमा नेपाल एस.बि.आइ, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र सिभिल बैँकले ऋण लगानी गर्ने सम्झौता भएको छ। 

प्रवद्र्धक कम्पनी एवं बैँकहरुबीच १२ गते मंगलबारका वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ। परियोजनाको अनुमानित ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ। भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने समेत कम्पनीले जनाएको छ।

आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जनाएको छ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली  ३ बी  हव सबस्टेशनमा जोडिने छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट विद्युत उत्पादन हुनेछ। 

 

 


प्रकाशित : बुधबार, असोज १३ २०७८०१:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend