शनिबार, साउन १२ गते २०८१    
images
images
images

कोभिड-१९ पछि पोल्याण्डमा नेपालको पर्यटन समाग्री प्रर्दशन हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २६ २०७८
images
images
कोभिड-१९ पछि पोल्याण्डमा नेपालको पर्यटन समाग्री प्रर्दशन हुने
images

काठमाडौं- कोभिड-१९ पछि पहिलो पटक नेपालको पर्यटन समाग्री पोल्याण्डमा प्रर्दशन गरिने भएको छ। ‘सुप्रा नेशनल प्रतियोगिता-२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल २०१९ का विजेता डा.सन्तोष उपाध्यायले कोभिडले नेपालको पर्यटन झल्किने सामग्री प्रर्दशन गर्न लागेका हुन्। 

images
images

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले उपाध्यायलाई नेपाली खादासहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै विदाइ गरेका थिए। अगस्ट १२ बाट बन्द प्रशिक्षण सहित आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता-२०२१ को फाइनल अगस्ट २२ मा हुने छ। 

images

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. रेग्मीले यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको परिहचानलाई थप उजागर गर्ने बताए। ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ।’

नेपाल साहसिक पर्यटनका लागि उर्पयुक्त गन्त्वय रहेको सन्देश दिंदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ। यसले नेपालको पर्यटनमा प्रत्यक्ष परोक्ष रुपमा प्रभाव पार्ने नै छ,’ उनले भने। सीईओ डा. रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवालाई नेपाल आउन आग्रह गर्न सकिने बताए।  

images

विदाइ कार्यक्रममा डा.सन्तोष उपाध्यायले आफूले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए। उनले आफूले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए। ‘नेपाल बहुसांस्कृतिक,बहुभाषिक र बहुधार्मिक मुलुक हो। त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु। जसबाट कार्यक्रममा सहभागीहरूले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन,’ उनले भने।  

मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र ‘सुप्रा न्यासनल प्रतियोगिता-२०२१ हात पार्ने गरी आफूले तयारी गरिरहेको जानकारी दिँदै डा.उपाध्यायले यो कार्यक्रमको सहभागिताले मात्रैले पनि नेपाललाई विश्वमाझ थप परिचित गराउन सहयोग पुग्ने बताए। लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुनुहुन्छ। अछामका स्थायी वासिन्दा डा.उपाध्याय हाल फेस फरवार्ड एन्टि एजिइङ क्लिनिक, भाटभटेनी पुल्चोक तथा मेट्रो अस्पताल, महाराजगञ्जमा कार्यरत छन्।


प्रकाशित : मंगलबार, साउन २६ २०७८०६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend