आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

निलम्बनमा परेका धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
निलम्बनमा परेका  धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

काठमाडौं- निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले गत साता सरकारलाई प्रतिवेदन बुझाएको थियाे। 

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका थिए।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याइ बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो। 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको थियाे।  


प्रकाशित : सोमबार, असोज ११ २०७८१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend