आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

महासंघ अध्यक्ष गोल्छा र आइएलओ निर्देशक हवार्डबीच भेट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
महासंघ अध्यक्ष गोल्छा र आइएलओ निर्देशक हवार्डबीच भेट

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डबीच सोमबार महासंघको सचिवालय टेकूमा भेटघाट गरेका छन्। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डबीच सोमबार महासंघको सचिवालय टेकूमा भेटघाट गरेका छन्। 

भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भएको थियो। श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा दुबै जनाबीच कुराकानी भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छलफलका क्रममा महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारीबाट प्रभावितलाई आइशोलेशन लगायतका सुविधा प्रदान गर्न आइएलओबाट प्राप्त आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए। 

उनले महासंघले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यन्वयनमा प्रतिवद्ध रहेको र सामाजिक सुरक्षाको कार्यन्वयनमा देखिएका समस्या समाधान गर्न सरकार र ट्रेड यूनियनसंग छलफल गर्न तयार छ।


प्रकाशित : सोमबार, असोज ११ २०७८१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend