शनिबार, जेठ ५ गते २०८१    
images
images

कर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
images
images
कर फर्छ्यौट आयोगका  सदस्य  चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश 

आयकर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

images
images

काठमाडौं- आयकर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

images
images
images

कर फर्छ्यौट आयोगमा बस्दा राजस्व हिमामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा लागेका शर्मालाई थुनछेक बहसपछि विशेष अदालतले ५० लाख धरौटीमा छोड्न आदेश दिएको हो।

images

विषेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले यस्तो आदेश गरेको हो।

images
images

यसअघि आइतबार आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई विशेष अदालतले धरौटीमा छोडेको थियो। आइतबार महत र ढकाललाई जनही ५० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।  

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। 

अख्तियारले महत, ढकाल र शर्माबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेअनुसार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो असुलीको मागदाबी सहित मुद्दा दर्ता गरेको थियो। यस्तै, उनीहरुलाई आठदेखि १० वर्षसम्म कैद सजायको मागदाबीसमेत गरिएको थियाे।


प्रकाशित : सोमबार, असोज ११ २०७८११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend