आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
कर फर्छ्यौट आयोगका  सदस्य  चुडामणी शर्मालाई ५० लाख धरौटीमा छाड्न आदेश 

आयकर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

काठमाडौं- आयकर फर्छ्यौट आयोगका सदस्य चुडामणी शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

कर फर्छ्यौट आयोगमा बस्दा राजस्व हिमामिना गरेको आरोपमा भ्रष्टाचारको मुद्दा लागेका शर्मालाई थुनछेक बहसपछि विशेष अदालतले ५० लाख धरौटीमा छोड्न आदेश दिएको हो।

विषेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले यस्तो आदेश गरेको हो।

यसअघि आइतबार आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई विशेष अदालतले धरौटीमा छोडेको थियो। आइतबार महत र ढकाललाई जनही ५० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो। 

अख्तियारले महत, ढकाल र शर्माबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेअनुसार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो असुलीको मागदाबी सहित मुद्दा दर्ता गरेको थियो। यस्तै, उनीहरुलाई आठदेखि १० वर्षसम्म कैद सजायको मागदाबीसमेत गरिएको थियाे।


प्रकाशित : सोमबार, असोज ११ २०७८११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend