आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दुर्घटनाबाट जोगिएको बुद्ध एयरको जहाजबारे मन्त्रालयले छानबीन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
दुर्घटनाबाट जोगिएको बुद्ध एयरको जहाजबारे मन्त्रालयले छानबीन गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्यान्डिङ गियरमा समस्या आएर जहाज आकाशमा मा होल्ड गर्दै अवतरण गएिको विषयमा अध्ययन गर्ने भएको छ।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध एयरको ल्यान्डिङ गियरमा समस्या आएर आकाशमा होल्ड गर्दै अवतरण गएिको जहाजका विषयमा अध्ययन गर्ने भएको छ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि जहाज काठमाडौं नै फर्काइएको थियो। तर जहाज सिधै काठमाडौं आएर ल्यान्ड हुन सकेन। जहाज ल्यान्ड गर्न खोज्दा जहाजको पाङ्‍ग्रा खुलेन।

त्यसपछि पाइलटले जहाज आकाशमै होल्ड गरे। जहाज दुई घण्टासम्म जहाज आकाशमै घुमिरहर्‍यो। जहाज आकाशमा घुमाउनेको एउटै कारण थियो, जहाजमा भएको तेल सकेर आत्पतकालीन फोर्स ल्याण्डिङको पूर्ण तयारी। अन्तत: जहाजको ल्यान्डिङ गियरले काम पनि गर्‍यो। पाइलटले जहाज अवतरण गरे। त्यसले कुनै अप्रिय घटना हुन पाएन। जहाजमा चालकदलका सदस्यसहित ७७ जना यात्रु थिए।

दुर्घटनाबाट जोगिएको जहाजको विषयमा अध्ययन गर्ने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। योसँगै जहाजको विषयमा बुद्ध एयरले पनि आन्तरिक छानबीन गर्ने छ, भने प्राधिकरण पनि यस विषयमा छानबीन गर्ने छ।

सोमबार बिहानै बुद्ध एयरको अर्को जहाजमा पनि समस्या आएपछि आपतकालिन ल्याण्ड भएको थियो।  बिहान ७ बजे तिर काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौंमा नै फर्काएर ल्याण्ड गरिएको थियो।


प्रकाशित : सोमबार, असोज ११ २०७८०९:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend