आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

विराटनगर उडेको बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो, काठमाडौं फर्काएर सुरक्षित अवतरण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
विराटनगर उडेको बुद्ध एयरको जहाज दुर्घटनाबाट जोगियो,  काठमाडौं फर्काएर सुरक्षित अवतरण

काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै फर्काइएको छ। जहाजको ल्यान्डिङ गेयरमा समस्या आएपछि जहाज विराटनगरमा अवतरण गर्न कठिनाइ भएको थियो। 

जहाज काठमाडौं फर्काएर झण्डै दुई घन्टा आकाशमा होल्ड गरेर प्राविधिक इन्जिनियरसँग कुरा गरी जहाजको फ्युल सकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो।

buddha aiir (2).jpg

जहाजमा चालक दलका सदस्यसहित ७७ जना यात्रु रहेका थिए। जसमा ६८ जना वयस्क, दुई जना बालबालिका, तीन शिशु र चार उडान दलका सदस्य रहेका थिए। सबै यात्रु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ।


प्रकाशित : सोमबार, असोज ११ २०७८०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend