आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमवार) देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमवार) देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा कुल ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो। कुल कित्तामध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो। 

सेयर असोज १४ गतेसम्म विक्रीमा रहनेछ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २५ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ। कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।


प्रकाशित : सोमबार, असोज ११ २०७८०२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend