आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अग्रिम टिकट बुकिङ अनलाइनबाटै गर्न विकास समितिको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
अग्रिम टिकट बुकिङ अनलाइनबाटै गर्न विकास समितिको निर्देशन

सातै प्रदेशमा समितिको २०७५ असोज १० को निर्देशन ऐन अहिले पनि उपर्युक्त हुने भएकोले पुनः कार्यान्वयन गर्न\गराउन यातायात मन्त्रालय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ। 

काठमाडौं- विकास तथा प्रविधि समितिले दसैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। 

वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसानधमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने सवारीमा भाडादर देखिने ठाउँमा टास्ने व्यवस्था मिलाउन भनेको छ। 

त्यस्तै भौतिक रुपमा लामवद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न समितिले निर्देशन दिएको हो। अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका कुराहरुको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको हो। 

सातै प्रदेशमा समितिको २०७५ असोज १० को निर्देशन ऐन अहिले पनि उपर्युक्त हुने भएकोले पुनः कार्यान्वयन गर्न\गराउन यातायात मन्त्रालय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ। 

सभापति खड्काले ५ दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई २ दिन थपेर साता दिन बनाउन पनि सरकारलाई सचेत गराइन्। 


प्रकाशित : आइतबार, असोज १० २०७८१२:०४
  • सम्बन्धित विषय:

  • # टिकट बुकिङ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend