आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

हानले भन्यो-विदेशीलाई निःशुल्क भिसा र नेपालीलाई १० दिन बिदा देऊ

आइतबार, असोज १० २०७८
हानले भन्यो-विदेशीलाई  निःशुल्क भिसा र नेपालीलाई  १० दिन बिदा देऊ

सरकारले पर्यटन क्षेत्रका लागि ल्याएको नयाँ नीतिको होटल संघ नेपाल (हान) ले स्वागत गरेको छ। संघले यसबाट पर्यटन उद्योगले पुनर्जीवन पाउने भन्दै ढोका खुलेको जनाएकाे छ।

काठमाडौं- सरकारले पर्यटन क्षेत्रका लागि ल्याएको नयाँ नीतिको होटल संघ नेपाल (हान) ले स्वागत गरेको छ। संघले यसबाट पर्यटन उद्योगले पुनर्जीवन पाउने भन्दै ढोका खुलेको संज्ञा दिएको छ।

हानले विदेशीलाई फ्रि भिसा उपलव्ध गराउन समेत माग गरेको छ। सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न पनि अनुरोध गरेको छ।

विश्व पर्यटन दिवस २०२१ को अवसरमा विज्ञप्ति जारी गर्दै हानले सरकारका नीतिहरु निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट आम होटल व्यवसायी उत्साहित भएको जनाएको छ।

यसबाट सम्पूर्ण सेवाहरु बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि हानले गरेको छ। पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिवद्धता जनाइएको छ।

“यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको हामीले महसुस गरेका छौं, साथै विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने हामीले ठानेका छौं,” विज्ञप्तिमा भनिएको छ।

मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको हानको भनाइ छ।

सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शिघ्र पूर्ण रुपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न पनि अनुरोध गरेको छ।


प्रकाशित : आइतबार, असोज १० २०७८११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend