काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य समान्य घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।