सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ५ २०७९
डुम्रे-बेँसीसहर खण्ड अवरुद्ध
डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व। फाइल तस्बिर।

आइतबार बिहानको अविरल वषापछिको बाढीले  ह्युमपाइपमा क्षति पुर्‍याएको थियो।  

तनहुँ- भानु नगरपालिका-८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो।

आइतबार बिहानको अविरल वषापछिको बाढीले  ह्युमपाइपमा क्षति पुर्‍याएको थियो।  

साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। रासस 


प्रकाशित : आइतबार, असार ५ २०७९०४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend