आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

'लाइसेन्स ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चको कारण रोकियो'

'ट्रायल परीक्षा पास भएकै दिन लाइसेन्स दिन सकिन्छ'

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
'लाइसेन्स ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चको कारण रोकियो'

आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बताएका छन्।

काठमाडौं- यातायात व्यवस्था विभागले सवारी लाइसेन्स (चालक अनुमति पत्र) पाउनका लागि लिइने ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने नयाँ व्यवस्था गरेको थियो। तर आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बताएका छन्।

उनले प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको  छलफलमा यस्तो बताएका हुन्।

सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएका हुन्। 

‘सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको छ,’ उनले भने, ‘सवारी चालक अनूमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई १ वर्षको परीक्षण कालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था समेत गरेका छौं।’

तर कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ। आफ्नै सवारी साधन प्रयोग गरेर दिईने प्रयोगात्मक परीक्षा परीक्षण गर्ने ठाउँमा यातायात व्यवस्था विभागले ठेक्कामा दिईसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिए अनुसार नै गर्नु भनेर आदेश दिएकाले तत्काल रोक्नु परेको उनको भनाइ छ।

सचिव श्रेष्ठले अहिले चालक अनुमति पत्र दिन कुनै समस्या नरहेको जानकारी समेत गराएका छन्। ट्रायल (प्रयोगगात्मक परीक्षा) पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने उनको भनाइ छ।


प्रकाशित : आइतबार, असोज १० २०७८१०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend