सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास सजाउन १३ करोड ३७ लाख

शनिबार, असार ४ २०७९
प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास सजाउन १३ करोड ३७ लाख

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निवास सजावटको लागि कम्पनी छनोटको बोलपत्र स्वीकृत गर्ने आसयको सूचना प्रकाशित गरेको छ। 

काठमाडौं- भैँसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको निवास सजावटको जिम्मा न्यू टेक्निकल इन्फ्रा प्रालिले पाउने निश्चित भएको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निवास सजावटको लागि कम्पनी छनोटको बोलपत्र स्वीकृत गर्ने आसयको सूचना प्रकाशित गरेको छ। 

न्यू टेक्निकल इन्फ्राले प्रदृेश प्रमुख तथा मुख्यमन्त्री निवास १३ करोड ३७ लाख ६५ हजार ७ सय ९८ रुपैयाँ ९१ पैसामा सजावट गर्ने छ। यो रकम भ्याटबाहेक भएको आयोजना समन्वय कार्यालयले जनाएको छ। 

प्रकाशित : शनिबार, असार ४ २०७९१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend