सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ऊर्जा र इन्धन वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार ४ २०७९
ऊर्जा र इन्धन वचत गर्न बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द

पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो।

ढाका, (रासस/सिन्ह्वा) - बंगलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन्। यो नियम देशैभरी लागू गर्न उनको अनुरोध छ।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका हुन्।

ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ।  

पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि समेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नु परेको हो।

 


प्रकाशित : शनिबार, असार ४ २०७९१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend