सोमबार, असोज ७ गते २०८१    
images
images

सामाजिक सुरक्षा कोषबाट १ अर्ब ४३ करोड दाबी भुक्तानी

images
शनिबार, असार ४ २०७९
images
images
सामाजिक सुरक्षा कोषबाट १ अर्ब ४३ करोड दाबी भुक्तानी

कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ। २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो।

images
images

काठमाडाैं- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई करिब डेढ अर्ब भुक्तानी गरिसकेको छ। कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १ अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो।

images
images
images

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई १९ करोड ४५ लाख ६ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत १ करोड ९१ लाख ३१ हजार १०६ रुपैयाँ दाबी भुक्तानी दिएको हो।
 
आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ। कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ। २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो।

रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ। त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शून्य दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८ दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८ दशमलव ३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा आठ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ। निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन्।

images

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ। जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन्। सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार ४ २०७९०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend