मंगलबार, मंसिर ११ गते २०८१    
images
images

परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रले ऊर्जासम्बन्धि गतिविधिमा सहकार्य गर्ने 

images
शुक्रबार, असार ३ २०७९
images
images
परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रले ऊर्जासम्बन्धि गतिविधिमा सहकार्य गर्ने 

उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन्।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी गतिविधिमा सहकार्य गर्न समझदारी भएको छ।

images
images
images

ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।

images

समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन्।

images

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ।

समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरे।

 


प्रकाशित : शुक्रबार, असार ३ २०७९१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend