सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आइसक्रिमको विकल्प दिँदै फ्रोयो, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
आइसक्रिमको विकल्प दिँदै फ्रोयो, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

फ्रोयो नेपालका सञ्चालक अच्युत पोख्रेलका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो।

ललितपुर- फ्रोयो (फ्रोजन योगर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ। ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेल लगायतका क्षेत्रमा शाखा खोल्ने तथा मुलुकका सबैजसो मुख्य सहरमा सेवा विस्तार गर्ने जनाएको छ।

उपत्यकामा फ्रोयो नेपालले आफैं शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइज मार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोसिला भण्डारीले जानकारी दिइन्। फ्रोयोले हाल १५ प्रकारका स्वादमा सेवा दिइरहेको उल्लेख गर्दै भण्डारीले यसमा चिनी र फ्याट मिसावट नगरिएका कारण सबैखाले उपभोक्तालाई उपयुक्त हुने बताइन्। 'स्वास्थ्यप्रति सजग व्यक्तिहरूका लागि फ्रोयो निकै लाभदायी छ, यो जुनसुकै उमेरका व्यक्तिहरूले खान सक्नुहुन्छ,' उनले भनिन्।

विकसित मुलुकहरूमा फ्रोयोलाई आइसक्रिमको विकल्पका रुपमा पनि लिइन्छ। आइसक्रिममा चिनीको मात्रा बढी हुने भए पनि फ्रोयोमा चिनी मिसावट गरिँदैन। फ्रोयो नेपालका सञ्चालक अच्युत पोख्रेलका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो। 'यसको विशेषता भनेकै ‘लो फ्याट, लो सुगर’ हो र यो पूर्णतः भेज पनि हो,' पोख्रेल भन्छन्, 'फ्रोयो मूलतः स्वास्थ्यप्रति सजग व्यक्तिहरूले नै खाने हो, यसको कुनै साइड इफेक्ट हुँदैन बरु यसले पाचन शक्ति सबल बनाउँछ।'

नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोभिड महामारीका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए। कोभिड असर कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएका कारण कम्पनीले यसको सेवामा आक्रामक ढंगले विस्तार गर्ने योजना अघि सारेको छ।

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ। फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन्। हाल यी परिकारहरू आँप, लिची, स्ट्रबेरीलगायत विभिन्न १५ फ्लेभरमा उपलब्ध रहेको जनाइएको छ। यसमा विभिन्न फलफूलसहित सर्भ गरिने भएकाले स्वादिलो तथा स्वस्थकर रहेको सञ्चालक भण्डारी बताउँछिन्


प्रकाशित : शुक्रबार, असार ३ २०७९११:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend