शुक्रबार, जेठ ४ गते २०८१    
images
images

यो वर्ष लक्ष्य गरिएकोमा एक तिहाइमात्रै सडक कालोपत्रे

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
images
images
यो वर्ष लक्ष्य गरिएकोमा एक तिहाइमात्रै सडक कालोपत्रे

सरकारले केही वर्ष यता बर्सेनि ३सय पुल निर्माणको लक्ष्य लिँदै आएको छ। गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो। अरु पुल पनि सम्पन्न भइरहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ। पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो।

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो। गत महिनासम्ममा झण्डै ६ सय किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए। आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ। अहिले पनि ‘कन्सट्रक्सन होलिडे’का कारण निर्माण सुस्त छ। उनले भने, 'यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ्नसक्छ।'

images

गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत  थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो। कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ। काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ। अर्थ मन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताए।

images
images

चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो। चालु आवमा गत वर्ष जति प्रगति नहुने उहाँको भनाइ थियो।

images
images

चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताए। पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ। चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ।

अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड,  छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ। युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेका छन्। महानिर्देशक थापाले भने, 'व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन्।'

सरकारले केही वर्ष यता बर्सेनि ३सय पुल निर्माणको लक्ष्य लिँदै आएको छ। गत महिनासम्ममा १०१ पुल निर्माण गरिएको थियो। अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताए। कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ। उनले भने, 'यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ।'

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ। ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताए। योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्काे वर्षका लागि धकेलिन सक्ने उहाँको भनाइ थियो।

समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ। अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ। भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताए। मदन भण्डारी राजमार्गमा चालु आवमा दुई अर्ब विनियोजन भएकामा हालसम्म साढे तीन अर्ब खर्च भइसकेको छ। सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ। हुलाकी राजमार्गमा पनि गत वर्षहरुमा जस्तै धेरै खर्च भएको उनले जानकारी दिए। मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरुपमा कम खर्च भएको छ। 

चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शिर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताएकी थिइन्। सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उनले त्यसबखत जानकारी दिएकी थिइन्।

चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ (ग्राभेल) भएको थियोे भने ९५ किमी मर्मत भएको  थियो।

हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ। गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेको थियो। रासस  


प्रकाशित : शुक्रबार, असार ३ २०७९११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend