शनिबार, वैशाख ८ गते २०८१    
images
images

यामाहा ‘महा एक्सचेन्ज मेला’मा उत्साहजनक सहभागिता, अब ५ दिन बाँकी

images
बिजनेस न्युज
images
यामाहा ‘महा एक्सचेन्ज मेला’मा उत्साहजनक सहभागिता, अब ५ दिन बाँकी

यो महा एक्सचेन्ज मेला १५ गतेसम्म सञ्चालन हुनेछ। महा एक्सचेन्ज मेलामा कम्पनीले विभिन्न उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेको कम्पनीको भनाइ छ।

images
images

काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा जारी छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि  आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ असोज ८ गतेदेखि सुरु गरेको हो। 

images
images
images

यो महा एक्सचेन्ज मेला १५ गतेसम्म सञ्चालन हुनेछ। महा एक्सचेन्ज मेलामा कम्पनीले विभिन्न उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेको कम्पनीको भनाइ छ। 

images

मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्ने उपभोक्ताको मूल्यांकनमा  १० हजार रुपैयाँ थप गर्ने योजना कम्पनीले लिएको छ। एक्सचेन्ज मेलामा टेष्ट ड्राइभको अवसर समेत उपलब्ध रहेको छ।  

images

yamaha exchange.jpg

images
images

उक्त टेष्ट ड्राइभमा सहभागी मध्येबाट हरेक दिन एक जनालाई सुनको सिक्का उपहार दिइरहेको कम्पनीले जनाएको छ। साथै, मेलामा गएर एक्सचेन्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले दसैँ अफर समेत पाउने छन्। 

यामाहाले दसैँतिहारलाई लक्षित गरेर ‘रेस फर दि एस’ योजना ल्याएको थियो। यो योजना अन्तर्गत स्क्राचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक साता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन उपहार दिइरकेको छ।  

एमएडब्लू इन्टिरप्राइजेजले मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क एसोसरिज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरि रहेको जनाएको छ।

कम्पनीले यामाहा एमटी १५ को बीएस ६ भर्सनको बुकिङ लिन सुरु गरिसकेको छ। मेलामा मोटरसाइकल तथा स्कुटर किन्न चाहनेहरुको उत्साहजनक सहभागिता रहेको छ। 

yamaha exch.jpg

यामाहाको एमटी१५ को बीएस६ भर्सन सोमबार सार्वजनिक हुने भएको छ। महा एक्सचेन्ज मेलामा सञ्चालन भइरहेको भृकुटीमण्डपमै एमटी१५ बीएस६ सार्वजनिक हुनेछ। 

यामाहाका एफजेड सिरिज, रेजेड, फसिनो, एमटी १५, आर१५ एबीएस, रेजेडआर सिरिज, एनम्याक्स स्कुटर, फेजर २५, टी–म्याक्स तथा बोल्ट मोटरसाइकल समेत उपलब्ध छन्। कम्पनीले यी मोटरसाइकलको खरिदमा शून्य प्रतिशत व्याजमा सहज फाइनान्सको सुविधा दिइएको कम्पनीले जनाएको छ।

सरकारले भदौ २७ गते संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलमा कर बढाइएको थियो। त्यसयता आयात हुने मोटरसाइकलको मूल्य बढेको छ। 

तर यामाहाले स्टकमा रहेको मोटरसाइकल तथा स्कुटरमा मेला अवधिभरका लागि पुरानै मूल्यमा बिक्री गर्दै आएको छ। महा एक्सचेन्ज मेला सकिएलगत्तै मोटरसाइकल तथा स्कुटरको मूल्य समायोजन हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ।

 

images

प्रकाशित : आइतबार, असोज १० २०७८०९:३७
  • सम्बन्धित विषय:

  • # यामाहा
  • # यामाहा महा एक्सचेन्ज मेला
  • प्रतिक्रिया दिनुहोस