शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

यामाहा ‘महा एक्सचेन्ज मेला’मा उत्साहजनक सहभागिता, अब ५ दिन बाँकी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
यामाहा ‘महा एक्सचेन्ज मेला’मा उत्साहजनक सहभागिता, अब ५ दिन बाँकी

यो महा एक्सचेन्ज मेला १५ गतेसम्म सञ्चालन हुनेछ। महा एक्सचेन्ज मेलामा कम्पनीले विभिन्न उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेको कम्पनीको भनाइ छ।

काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको एक्सचेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा जारी छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि  आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ असोज ८ गतेदेखि सुरु गरेको हो। 

यो महा एक्सचेन्ज मेला १५ गतेसम्म सञ्चालन हुनेछ। महा एक्सचेन्ज मेलामा कम्पनीले विभिन्न उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेको कम्पनीको भनाइ छ। 

मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्ने उपभोक्ताको मूल्यांकनमा  १० हजार रुपैयाँ थप गर्ने योजना कम्पनीले लिएको छ। एक्सचेन्ज मेलामा टेष्ट ड्राइभको अवसर समेत उपलब्ध रहेको छ।  

yamaha exchange.jpg

उक्त टेष्ट ड्राइभमा सहभागी मध्येबाट हरेक दिन एक जनालाई सुनको सिक्का उपहार दिइरहेको कम्पनीले जनाएको छ। साथै, मेलामा गएर एक्सचेन्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले दसैँ अफर समेत पाउने छन्। 

यामाहाले दसैँतिहारलाई लक्षित गरेर ‘रेस फर दि एस’ योजना ल्याएको थियो। यो योजना अन्तर्गत स्क्राचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक साता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन उपहार दिइरकेको छ।  

एमएडब्लू इन्टिरप्राइजेजले मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क एसोसरिज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरि रहेको जनाएको छ।

कम्पनीले यामाहा एमटी १५ को बीएस ६ भर्सनको बुकिङ लिन सुरु गरिसकेको छ। मेलामा मोटरसाइकल तथा स्कुटर किन्न चाहनेहरुको उत्साहजनक सहभागिता रहेको छ। 

yamaha exch.jpg

यामाहाको एमटी१५ को बीएस६ भर्सन सोमबार सार्वजनिक हुने भएको छ। महा एक्सचेन्ज मेलामा सञ्चालन भइरहेको भृकुटीमण्डपमै एमटी१५ बीएस६ सार्वजनिक हुनेछ। 

यामाहाका एफजेड सिरिज, रेजेड, फसिनो, एमटी १५, आर१५ एबीएस, रेजेडआर सिरिज, एनम्याक्स स्कुटर, फेजर २५, टी–म्याक्स तथा बोल्ट मोटरसाइकल समेत उपलब्ध छन्। कम्पनीले यी मोटरसाइकलको खरिदमा शून्य प्रतिशत व्याजमा सहज फाइनान्सको सुविधा दिइएको कम्पनीले जनाएको छ।

सरकारले भदौ २७ गते संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा मोटरसाइकलमा कर बढाइएको थियो। त्यसयता आयात हुने मोटरसाइकलको मूल्य बढेको छ। 

तर यामाहाले स्टकमा रहेको मोटरसाइकल तथा स्कुटरमा मेला अवधिभरका लागि पुरानै मूल्यमा बिक्री गर्दै आएको छ। महा एक्सचेन्ज मेला सकिएलगत्तै मोटरसाइकल तथा स्कुटरको मूल्य समायोजन हुने एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ।

 


प्रकाशित : आइतबार, असोज १० २०७८०९:३७
  • सम्बन्धित विषय:

  • # यामाहा
  • # यामाहा महा एक्सचेन्ज मेला
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend