काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।