आइतबार, जेठ ६ गते २०८१    
images
images

चिनियाँसँग मिलेर बुटवल पावरले ३ खर्ब लगानीमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने

images
शुक्रबार, असार ३ २०७९
images
images
चिनियाँसँग मिलेर बुटवल पावरले ३ खर्ब लगानीमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने
images
images

काठमाडौं- बुटलव पावर कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर तीन खर्ब रुपैयाँ लगानीमा कम्तिमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने सम्झौता गरेको छ। बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीहरूबीच २ देखि ५ वर्षमा ३ अर्ब डलर लगानीगर्नेगरी साझेदारी गरिएको छ। 

images
images
images

पहिलो चरणमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण लागिएको छ। बुटवल पावर कम्पनी लिमिटेडसँगको साझेदारीमा चिनियाँ लगानीमा बन्न लागेको हो। ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल र चिनियाँ लगानीकर्ता कम्पनीका तर्फबाट निर्देशक वु यङले विद्युत् विकास सम्झौतामा हस्ताक्षर गरेका छन्। १ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्ट निर्माणको लागि यस्तो सम्झौता गरिएको हो। 

images

बुटवल पावर कम्पनीले यसअघि नै चिनियाँ कम्पनीहरू सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड (एमसीआइजी), चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेड (क्यू वाइ इसी) बीच नेपालका विभिन्न जलविद्युत् आयोजना विकास सम्झौता भइसकेको छ। 

images
images

चिनियाँ कम्पनीसँगको साझेदारीमा पहिलो चरणमा मनाङ मर्स्याङ्दी हाइड्रोइलेक्ट्रिकल प्रोजेक्टको विकास गरिन लागेको हो। यो आयोजनामा बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एमसीआइजी इन्टरनेशनल लिमिटेडको ४९.४७ प्रतिशत, छिङचोङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यू वाइ इसी इन्टरनेशनल कम्पनी लिमिटेडको ११.६४ प्रतिशत सेयर स्वामित्व रहनेछ।

images
images

चिनियाँ साझेदारीमा त्यसपछि १३९ मेगावाटको लोअर मर्स्याङ्दी र ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकास गरिनेछ। यी आयोजनाहरूबाट कुल ६ सय १ मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। अन्य आयोजनाहरूमा पनि चिनियाँ लगानीमा निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाइएको हो। 

बि.स. २०२० सालमा स्थापना भएको बुटवल पावर कम्पनी एक पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले ३७.६ मेगावाटको कावेली “ए” हाईड्रोपावर प्रोजेक्ट र ३० मेगावाटको न्यादी हाईड्रोपावर प्रोजेक्टको सुरुवातगरेको छ। बिपिसिले १२ मेगावाटको झिम्रुक र ९.४ मेगावाटको आँधिखोला पावर प्लान्ट संचालन गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend