सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पोखराको फुलबारी रिसोर्ट लिलामीमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
पोखराको फुलबारी रिसोर्ट लिलामीमा

रिसोर्ट सञ्चालकले पछिल्लो समय गरेको प्रतिबद्धतता पूरा नगरेको र फेरि सञ्चालनमा आउनसक्ने सम्भावना नभएपछि बैंकले लिलामीमा राखेको छ। 

काठमाडौं- पोखराको फुलबारी रिसोर्ट लिलाम बढाबढबाट बिक्री गरिने भएको छ। 

रिसोर्ट सञ्चालक पियूषबहादुर अमात्यले नेपाल बैंकबाट लिएको ऋण तिर्न नसकेपछि रिसोर्ट लिलामीबाट बिक्री हुने भएको छ। 

तोकिएको समयमा ऋण भुक्तान नगरेपछि ऋण लगानीको अगुवा बैंक नेपाल बैंकले फुलबारी रिसोर्ट लिलामीमा राखेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै रिसोर्टको जग्गा जमिन तथा भवन सबै सम्पत्ति लिलामीका लागि आव्हान गरेको छ। 

पोखराको लक्जरी रिसोर्ट एक दसकदेखि बन्द छ। सन् १९९८ मा खुलेको यो रिसोर्ट तत्कालीन समयमा नेपालकै महात्वकांक्षी तथा विलासी थियो। द्वन्द तथा मजदुर आन्दोलनले ओरालो लागेको व्यापारबाट सञ्चालकले ऋण भुक्तानी गर्न सकेका थिएनन्। 

रिसोर्ट सञ्चालकले पछिल्लो समय गरेको प्रतिबद्धतता पूरा नगरेको र फेरि सञ्चालनमा आउनसक्ने सम्भावना नभएपछि बैंकले लिलामीमा राखेको छ। 

१५० रोपानी जग्गा, भवन तथा भौतिक सम्पत्ति लिलामीबाट बिक्री गर्नका लागि बैंकले सूचना जारी गरेको छ। 


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend