आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

पोखराको फुलबारी रिसोर्ट लिलामीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
images
images
पोखराको फुलबारी रिसोर्ट लिलामीमा

रिसोर्ट सञ्चालकले पछिल्लो समय गरेको प्रतिबद्धतता पूरा नगरेको र फेरि सञ्चालनमा आउनसक्ने सम्भावना नभएपछि बैंकले लिलामीमा राखेको छ। 

images
images

काठमाडौं- पोखराको फुलबारी रिसोर्ट लिलाम बढाबढबाट बिक्री गरिने भएको छ। 

images
images

रिसोर्ट सञ्चालक पियूषबहादुर अमात्यले नेपाल बैंकबाट लिएको ऋण तिर्न नसकेपछि रिसोर्ट लिलामीबाट बिक्री हुने भएको छ। 

images
images

तोकिएको समयमा ऋण भुक्तान नगरेपछि ऋण लगानीको अगुवा बैंक नेपाल बैंकले फुलबारी रिसोर्ट लिलामीमा राखेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै रिसोर्टको जग्गा जमिन तथा भवन सबै सम्पत्ति लिलामीका लागि आव्हान गरेको छ। 

images
images
images

पोखराको लक्जरी रिसोर्ट एक दसकदेखि बन्द छ। सन् १९९८ मा खुलेको यो रिसोर्ट तत्कालीन समयमा नेपालकै महात्वकांक्षी तथा विलासी थियो। द्वन्द तथा मजदुर आन्दोलनले ओरालो लागेको व्यापारबाट सञ्चालकले ऋण भुक्तानी गर्न सकेका थिएनन्। 

रिसोर्ट सञ्चालकले पछिल्लो समय गरेको प्रतिबद्धतता पूरा नगरेको र फेरि सञ्चालनमा आउनसक्ने सम्भावना नभएपछि बैंकले लिलामीमा राखेको छ। 

१५० रोपानी जग्गा, भवन तथा भौतिक सम्पत्ति लिलामीबाट बिक्री गर्नका लागि बैंकले सूचना जारी गरेको छ। 


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend