आइतबार, जेठ ६ गते २०८१    
images
images

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३ २०७९
images
images
मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्वि

सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो।

images
images

तनहुँ- अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ। नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो।

images
images
images

सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो। हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए।

images

केन्द्रका तीन युनिटबाट २३-२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ। तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो।  

images
images

उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रासस 

images
images


प्रकाशित : शुक्रबार, असार ३ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend