सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अर्थमन्त्रीको जवाफ सुन्नलायक नरहेको भन्दै एमालेले गर्‍यो संसद बहिष्कार

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको विषयमा छानबीन माग

बिहीबार , असार २ २०७९
अर्थमन्त्रीको जवाफ सुन्नलायक नरहेको भन्दै एमालेले गर्‍यो संसद बहिष्कार

अर्थमन्त्रीको जवाफसँगै उनको कुरा सुन्नलायक नरहेको भन्दै एमालेले संसद बहिष्कार गरेको हो। 

काठमाडौं- बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको विषयमा छानबीन नभएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक बहिष्कार गरेको छ। 

एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नहरूको जवाफ दिएसँगै एमाले सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन्। 

एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा संसदीय छानबिन समिति गठनका लागि माग गरेको छ। तर पनि अवरोधका बीच सभामुखले अर्थमन्त्रीलाई जवाफका लागि समय दिएका थिए। अर्थमन्त्रीको जवाफसँगै उनको कुरा सुन्नलायक नरहेको भन्दै एमालेले संसद बहिष्कार गरेको हो। 


प्रकाशित : बिहीबार , असार २ २०७९०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend