आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

अर्थमन्त्रीको जवाफ सुन्नलायक नरहेको भन्दै एमालेले गर्‍यो संसद बहिष्कार

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको विषयमा छानबीन माग

images
बिहीबार , असार २ २०७९
images
images
अर्थमन्त्रीको जवाफ सुन्नलायक नरहेको भन्दै एमालेले गर्‍यो संसद बहिष्कार

अर्थमन्त्रीको जवाफसँगै उनको कुरा सुन्नलायक नरहेको भन्दै एमालेले संसद बहिष्कार गरेको हो। 

images
images

काठमाडौं- बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको विषयमा छानबीन नभएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक बहिष्कार गरेको छ। 

images
images

एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नहरूको जवाफ दिएसँगै एमाले सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन्। 

images
images

एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्ने विषयमा संसदीय छानबिन समिति गठनका लागि माग गरेको छ। तर पनि अवरोधका बीच सभामुखले अर्थमन्त्रीलाई जवाफका लागि समय दिएका थिए। अर्थमन्त्रीको जवाफसँगै उनको कुरा सुन्नलायक नरहेको भन्दै एमालेले संसद बहिष्कार गरेको हो। 

images
images
images


प्रकाशित : बिहीबार , असार २ २०७९०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend