सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एपमार्फत मोटरसाइकल र ट्याक्सीमा भाडाका यात्रु बोक्न दर्ता हुनुपर्ने

बिहीबार , असार २ २०७९
एपमार्फत मोटरसाइकल र ट्याक्सीमा भाडाका यात्रु बोक्न दर्ता हुनुपर्ने

त्यस्ता यस्ता कम्पनीहरुले वार्षिक रुपमा नवीकरण गर्दा १२ हजार ५ सय रुपैयाँ बुझाउनु पर्नेछ। 

काठमाडौं- बागमती प्रदेशमा विद्युतीय सूचना प्रणालीबाट भाडामा यात्रु बोक्ने मोटरसाइकल तथा ट्याक्सी सेवा सञ्चालकहरु पनि अब दर्ता हुनुपर्ने भएको छ। यसअघि यस्ता कम्पनी दर्ता समेत नभइ सञ्चालन हुँदै आएका थिए।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनमा विद्युतीय सूचना प्रणाली (एप) मार्फत भाडामा मोटरसाइकलमा यात्रु बोक्ने कम्पीले दर्ता शुल्क बापत २५ हजार रुपैयाँ तिर्नुपर्ने छ। त्यस्ता यस्ता कम्पनीहरुले वार्षिक रुपमा नवीकरण गर्दा १२ हजार ५ सय रुपैयाँ बुझाउनु पर्नेछ। 

एप मार्फत चारपांग्रेबाट मात्र सेवा दिने कम्पनीले दर्ता शुल्क बापत ५० हजार रुपैयाँ र वार्षिक नवीकरण गर्दा २५ हजार रुपैयाँ तिर्नुपर्ने छ। 

त्यस्तै गरि एप मार्फत दुईपांग्रे र चारपांग्रे दुवैबाट सेवा दिने कम्पनीले दर्ता हुँदा ७० हजार रुपैयाँ बुझाउनु पर्ने छ। यस्ता कम्पनीले वार्षिक नवीकरण शुल्क बापत प्रदेश सरकारलाई ३५ हजार रुपैयाँ तिर्नुपर्ने छ।
यस्तो कर बागमती बाहेक अन्य प्रदेशले लगाएका छैनन्। 


प्रकाशित : बिहीबार , असार २ २०७९०८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend