शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा समेत लगाइयो वार्षिक कर

images
बिहीबार , असार २ २०७९
images
images
५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा समेत लगाइयो वार्षिक कर

तर आगामी वर्षदेखि भने १० किलोवाटदेखि ५० किलोवाटसम्मका निजी विद्युतीय कारले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। 

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले यसअघि ५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा कर लगाएको थिएन। तर आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको आर्थिक ऐनमा भने यस्ता सवारीमा समेत कर लगाइएको हो। 

images
images

चालु आर्थिक वर्षको आर्थिक ऐनमा ५० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय कारमा मात्र वार्षिक कर लगाइएको थियो। तर आगामी वर्षदेखि भने १० किलोवाटदेखि ५० किलोवाटसम्मका निजी विद्युतीय कारले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। 

images
images

उक्त वार्षिक कर साउनदेखि लागु हुनेछ। यो कर निजी प्रयोजनका विद्युतीय कार, जिप, भ्यान, माइक्रोलगायतले तिर्नुपर्ने छ।

images
images

५० किलोवाटदेखि १२५ किलोवाटम्मले वार्षिक १५ हजार, १२५ देखि २ सय किलोवाटसम्मकाले वार्षिक २० हजार र २ सय किलोवाटभन्दा बढी क्षमताका सवारीले वार्षिक ३० हजार रुपैयाँ कर तिर्नुपर्ने छ। यी क्षमताका विद्युतीय सवारीको भने कर बढाइएको छैन। 


प्रकाशित : बिहीबार , असार २ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend