सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा समेत लगाइयो वार्षिक कर

बिहीबार , असार २ २०७९
५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा समेत लगाइयो वार्षिक कर

तर आगामी वर्षदेखि भने १० किलोवाटदेखि ५० किलोवाटसम्मका निजी विद्युतीय कारले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। 

काठमाडौं- बागमती प्रदेश सरकारले यसअघि ५० किलोवाटभन्दा कम क्षमताका विद्युतीय कारमा कर लगाएको थिएन। तर आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको आर्थिक ऐनमा भने यस्ता सवारीमा समेत कर लगाइएको हो। 

चालु आर्थिक वर्षको आर्थिक ऐनमा ५० किलोवाट क्षमताभन्दा बढीका विद्युतीय कारमा मात्र वार्षिक कर लगाइएको थियो। तर आगामी वर्षदेखि भने १० किलोवाटदेखि ५० किलोवाटसम्मका निजी विद्युतीय कारले वार्षिक ५ हजार रुपैयाँ कर तिर्नुपर्ने छ। 

उक्त वार्षिक कर साउनदेखि लागु हुनेछ। यो कर निजी प्रयोजनका विद्युतीय कार, जिप, भ्यान, माइक्रोलगायतले तिर्नुपर्ने छ।

५० किलोवाटदेखि १२५ किलोवाटम्मले वार्षिक १५ हजार, १२५ देखि २ सय किलोवाटसम्मकाले वार्षिक २० हजार र २ सय किलोवाटभन्दा बढी क्षमताका सवारीले वार्षिक ३० हजार रुपैयाँ कर तिर्नुपर्ने छ। यी क्षमताका विद्युतीय सवारीको भने कर बढाइएको छैन। 


प्रकाशित : बिहीबार , असार २ २०७९०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend