सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बागमती प्रदेशले लगायो विद्युतीय ट्याक्सीमा कर

बिहीबार , असार २ २०७९
बागमती प्रदेशले लगायो विद्युतीय ट्याक्सीमा कर

चालु आर्थिक वर्षमा यस्तो कर लगाइएको थिएन।

काठमाडौं- बागमती प्रदेश सरकारले विद्युतीय ट्याक्सीमा समेत वार्षिक कर लिने भएको छ। प्रदेश आर्थिक ऐन २०७९ मा विद्युतीय ट्याक्सीमा समेत वार्षिक कर लगाइएको हो।

योसँगै सार्वजनिक विद्युतीय सवारीको वार्षिक कर तिर्नुपर्ने छ। प्रदेश सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीति लिएपनि सार्वजनिक प्रयोजनका विद्युतीय सवारीमा समेत कर लगाएको छ। 

चालु आर्थिक वर्षमा यस्तो कर लगाइएको थिएन। आगामी आर्थिक वर्षदेखि भने सार्वजनिक विद्युतीय सवारीमा वार्षिक कर लाग्ने छ।  

जसमा वार्षिक २० किलोवाटभन्दा माथि ५० किलोवाटसम्म ३ हजार, ५० देखि १२५ किलोवाटसम्म ५ हजार, १२५ देखि २०० किलोवाटसम्म १० हजार र २ सय किलोवाटभन्दा १५ हजार रुपैयाँ कर निर्धारण गरिएको छ।  


प्रकाशित : बिहीबार , असार २ २०७९०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend