सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिमेन्ट निर्यातको बाटो खुल्यो, पहिलो चरणमा १ खर्ब ५० अर्ब भित्रिन्छ : सिमेन्ट उत्पादक 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २ २०७९
सिमेन्ट निर्यातको बाटो खुल्यो, पहिलो चरणमा १ खर्ब ५० अर्ब भित्रिन्छ : सिमेन्ट उत्पादक 

आगामी वर्षको बजेट मार्फत् सरकारले निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ। 

काठमाडौं- नेपालमा सिमेन्ट उत्पादन गर्दै आएका उद्योगीहरूले सरकारले ल्याएको नीतिले सिमेन्ट निर्यातको बाटो खोलिदिएको प्रतिक्रिया दिएका छन्। 

नेपाल सिमेन्ट उत्पादक संघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्यात गर्ने सिमेन्ट उद्योगीलाई ८ प्रतिशत नगद प्रोत्साहन दिने सकारी नीतिले विदेशी बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने जानकारी गराएको छ। 

आगामी वर्षको बजेट मार्फत् सरकारले निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरुमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था गरेको छ। 

'यसवाट देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुनुका साथै यी उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १५० अर्बभन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्नेछ' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसका साथै वर्षमा १० करोडभन्दा बढी मूल्यको बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशत महशुल छुट जस्ता सुविधाले पनि सहयोग पुग्ने संघको ठहर छ। 

प्रकाशित : बिहीबार , असार २ २०७९०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend