सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि बन्‍नेछ देशकै ठूलो बैंक, यस्ता छन् मुख्य सूचक 

बिहीबार , असार २ २०७९
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि बन्‍नेछ देशकै ठूलो बैंक, यस्ता छन् मुख्य सूचक 

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ। 

काठमाडौं- ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरका लागि सैद्धान्तिक सम्झौता भएको छ। 

आज काठमाडौंमा दुई बैंकबीच सम्झौता भएको हो। समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुने छ। 

मर्जरपछि नेपालकै सबैभन्दा ठुलो बैंक हुने छ। अहिलेसम्म औपचारिक रुपमा सबैभन्दा ठूलो भएपनि नविल र नेपाल बांगलादेश बैंकको सम्झौतापछि सो बैंक ठुलो हुनेवाला थियो। 

तर ग्लोबलले फेरि आफ्नो एक नम्बर ताज कायमै राख्ने भएको छ। 

मर्जरपछिका सूचक यस्ता हुनेछन् 

कुल पुँजी:  ५२ अर्ब २९ करोड 

चुक्तापुँजी: ३४ अर्ब ४१ करोड 

कुल निक्षेप: ३ खर्ब ८४ अर्ब

कुल कर्जा: ३ खर्ब ८० अर्ब

ग्राहक: ३७ लाख 

जेठ मसान्तसम्को तथ्यांक अनुसार बैंकको खुद नाफा ६ अर्ब हुने छ। दुई बैंकका गरी ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख गरी मुख्य सूचकमा यो बैंक अग्रनी हुने छ। 


प्रकाशित : बिहीबार , असार २ २०७९०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend