सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रदेश सरकारको प्राथमिकतामा पूर्वाधार विकास, कुन प्रदेशको बजेट कति

बिहीबार , असार २ २०७९
प्रदेश सरकारको प्राथमिकतामा पूर्वाधार विकास, कुन प्रदेशको बजेट कति

काठमाडौं- सातवटै प्रदेश सरकारले कानूनी व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि असार १ गते सम्बन्धित प्रदेश सभामा बजेट पेश गरेका छन्। प्रदेश सरकारहरूले कृषि, पर्यटन, उर्जा तथा भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। 

बुधबार ल्याइएको बजेटमा भौतिक पूर्वाधारका लागि सबैभन्दा धेरै बागमती प्रदेश सरकारले २४ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय सरकारले जेठ १५ गत आगानी आर्थिक वर्षका लागि बजेट ल्याइसकेको छ। 

संघीय सरकारले साना तथा स्थानीय स्तरका पूर्वाधार विकासको काम प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिरहेको छ। त्यसैले प्रदेश सरकारले आफ्नो आवश्यकताअनुसारका पूर्वाधार आयोजनाहरूमा बजेट विनियोजन गरेको छ। 

यस्तो छ प्रदेशअनुसार विनियोजित बजेट 

मधेश प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १८ अर्ब ८ करोड ४५ लाख ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकासका लागि आगामी आर्थिक वर्षका लागि १० अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। 

बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेश गौरवका सडक, रणनीतिक महत्वका सडकलगायत सडक र पुलका पूर्वाधार निर्माणका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधारतर्फ ५ अर्ब ६० करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

लुम्बिनी प्रदेश सरकारले विभिन्न शीर्षमा गरेको आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार विकाुसका लागि करिब ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। लुम्बिनीले अन्य पूर्वाधारको आयोजनाका लागि समेत बजेट विनियोजन गरेको छ। 

प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 


प्रकाशित : बिहीबार , असार २ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend