सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चालु वर्षकोभन्दा ३८ प्रतिशत बढाएर ल्यायो मधेस प्रदेश सरकारले बजेट (पूर्णपाठसहित)

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
चालु वर्षकोभन्दा ३८ प्रतिशत बढाएर ल्यायो मधेस प्रदेश सरकारले बजेट (पूर्णपाठसहित)

आगामी वर्षको बजेटका लागि मधेस प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड व्यवस्था गर्ने छ भने बाँकी संघीय अनुदानबाट व्यवस्थापन हुने छ। 

काठमाडौं- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोडको बजेट ल्याएको छ। यो चालु वर्षको तुलनामा ३८ प्रतिशतले धेरै हो। चालु वर्षका लागि मधेस सरकारले ३३ अर्ब ७९ करोडको बजेट ल्याएको थियो। 

मधेस प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रासद साहले आगमी वर्षको वार्षिक बजेट प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका छन्। 

साहले आगामी वर्षको बजेटबाट २१ अर्ब ७६ करोड चालुतर्फ विनियोजन गरेका छन्। त्यस्तै २५ अर्ब ८२ करोड पुँजीगतका लागि विनियोजन गरिकएको छ। 

आगामी वर्षको बजेटका लागि मधेस प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड व्यवस्था गर्ने छ भने बाँकी संघीय अनुदानबाट व्यवस्थापन हुने छ। 

मधेस प्रदेश सरकारले आर्थिक तथा सामाजिक पूर्वाधार, कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने घोषणा गरेको छ।  

प्रकाशित : बुधबार, असार १ २०७९११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend