सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड (पूर्णपाठसहित)

बुधबार, असार १ २०७९
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड (पूर्णपाठसहित)

भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण, आर्थिक विकास तथा उद्मशीलता विकासका कार्यक्रम बजेट मार्फत् घोषणा गरिएको छ। 

काठमाडौं- प्रदेश नम्बर एकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। 

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्गबोले आगामी वर्षका लागि ३९ अर्ब ७३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। यो चालु वर्षको तुलनामा ७ अर्ब बढी हो। 

चालु वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ४६ करोडको बजेट ल्याएको थियो। 

प्रदेश १ सरकारले आर्थिक विकास तथा प्रदेश सरकारको क्षमता विकास गर्ने लक्ष्यसहितको बजेट अनुमान प्रस्तुत गरेको हो। 

भौतिक पूर्वाधार निर्माण, गरिबी निवारण, आर्थिक विकास तथा उद्मशीलता विकासका कार्यक्रम बजेट मार्फत् घोषणा गरिएको छ। 

संघीय सरकारले बजेटबाट ल्याएका कार्यक्रमलाई प्रदेश १ सरकारले समावेश गराएको छ। पेट्रोलियम पदार्थको उपयोगलाई न्यूनीकरण गर्दै बिजुली खपत बढाउनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने आर्थिक मामिला तथा योजना मन्त्रीले घोषणा गरेका छन्। 

बजेटमा प्रदेश १ सरकारले आफ्नै राजस्वबाट ३ अर्ब १५ करोड स्रोत बेहोर्ने बाँकी संघीय अनुदान तथा वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, असार १ २०७९११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend