सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट, गत आवको भन्दा ४ अर्ब घटी (पूर्णपाठसहित)

बुधबार, असार १ २०७९
कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट, गत आवको भन्दा ४ अर्ब घटी (पूर्णपाठसहित)

बजेटमा कार्यसञ्चालन खर्च कटौति गर्ने विषय पनि समावेश भएको छ।

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी आवका लागि ल्याइएको बजेट चालु आवको भन्दा झन्डै ४ अर्ब रुपैयाँले कम हो।

चालु आवको लागि ३६ अर्ब ५४ करोड रपैयाँ विनियोजन भएको थियो। प्रदेशका अर्थमन्त्री बिन्दमान विष्टले बुधबार बजेट प्रदेश सभामा पेस गरेका हुन्। उनले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन्।

बजेटमा कृषि उत्पादन बढाउने, बाह्य तथा आन्तरिक लगानी भित्र्याउन लगानी सम्मेलन, एयरलाइन्सलाई अनुदान, दूध उत्पादनमा उत्पादनअनुसार अनुदान लगायतका विषय बजेटमा समावेश भएको छ। साथै प्रदेश सरकारले स्थानीय तहमा भने ४ अर्ब  १ करोड रुपैयाँ वित्तीय हस्तान्तरण शिर्षकमा पठाउने भएको छ।

बजेटमा कार्यसञ्चालन खर्च कटौति गर्ने विषय पनि समावेश भएको छ।


प्रकाशित : बुधबार, असार १ २०७९११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend