सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पुराना जहाज किन्न पाउने अवधि घटाउने तयारी गर्दैछौँ : पर्यटनमन्त्री आले

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
पुराना जहाज किन्न पाउने अवधि घटाउने तयारी गर्दैछौँ : पर्यटनमन्त्री आले

प्रतिनिधिसभाको वैठकमा बोल्दै आलेले प्रेसराइज र ननप्रेसराइज जहाजको उत्पादन मिति सम्बन्धि व्यवस्था संसोधन गर्न लागिएको जानकारी दिएका छन्। 

काठमाडौं- नेपाली एयरलाइन्सका लागि पुराना जहाज खरिद गर्न कडाइ गर्ने तयारी सरकारले गरेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालभित्र दर्ता हुने जहाजको उमेरको मापदण्ड संसोधन गर्न लागिएको जानकारी गराएका छन्। 

प्रतिनिधिसभाको वैठकमा बोल्दै आलेले प्रेसराइज र ननप्रेसराइज जहाजको उत्पादन मिति सम्बन्धि व्यवस्था संसोधन गर्न लागिएको जानकारी दिएका छन्। 

'अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्षसम्मका जहाज किन्ने नियम छ। यसलाई घटाएर अब १० र १५ वर्ष कायम गर्ने तयारी हाम्रो छ' उनले भने। 

प्रकाशित : बुधबार, असार १ २०७९०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend