सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सेयरबजारप्रति अनुदार नबन्न गगन थापाकाे आग्रह

बुधबार, असार १ २०७९
सेयरबजारप्रति अनुदार नबन्न गगन थापाकाे आग्रह

काठमाडौं- प्रतिनिधि सभाकाे बैठकमा गगन कुमार थापाले सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका हुन्।

थापाले साना लगानीकर्ताहरुकाे रुवावासी चलेकाे बताँउदै तत्काल समस्या पहिचान गरि सम्बाेधन गर्न माग समेत गरेका छन्।

'विस २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर ३ हजार १ सय ९८ को उच्चतम बिन्दुमा पुगेको थियो। यही जेठ ३१ गते घटेर १ हजार ९ सय ९९ मा झरेको छ। यसले सेयर बजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ। अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ' उनले भने।

राष्ट्र बैंकले गलत नीति लिएकाे भए सच्याउन समेत थापाले माग गरेका छन्। थापाले अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले बजार सुधार गर्न थालेको कामबारे जानकारी गराउन संसदमा ध्यानाकर्षण गराए। 


प्रकाशित : बुधबार, असार १ २०७९०६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend