आइतबार, भदौ २३ गते २०८१    
images
images

आँबुखैरेनी-मुग्लिन खण्ड : राति पनि सवारी साधन सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ३० २०७९
images
images
आँबुखैरेनी-मुग्लिन खण्ड : राति पनि सवारी साधन सञ्चालन

हाउसनजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो।

images
images

दमौली- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।

images
images
images

आँबुखैरेनी गाउँपालिका-४ पावर हाउसनजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो।

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ।

images

उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ। रासस

 


प्रकाशित : सोमबार, जेठ ३० २०७९०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend