शुक्रबार, चैत १६ गते २०८०    
images
images

हिन्दुस्तान मोटरको एम्बास्डर इभीमा आउँदै, ‘लेजेन्ड’मा के हुँदै छ परिवर्तन

images
बिजनेस न्युज
images
हिन्दुस्तान मोटरको एम्बास्डर इभीमा आउँदै, ‘लेजेन्ड’मा के हुँदै छ परिवर्तन

एम्बास्डर इभीले एकपटकको फुल चार्जमा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ। 

images
images

काठमाडौं- भारतीय कार उत्पादक कम्पनी हिन्दुस्तान मोटर्सले उत्पादन गरेको एम्बास्डर कार एक आइकोनिक मोडल हो। तर पछिल्लो केही वर्षयता यो कारको उत्पादन भइरहेको छैन। 

images
images
images

मोरिस अक्सफोर्ड सिरिज तृतियमा आधारित रहेर एम्बास्डर कार पहिलोपटक सन् १९५७ मा सार्वजनिक भएको थियो। र २०१४ सम्म हिस्दुस्तान मोटर्सले यो कारको उत्पादन गरिरहेको थियो। कारको उत्पादन बन्द हुँदासमेत भारतीयहरुले एम्बास्डरको चर्चा गरिनै रहेका हुन्थे। 

images

यस्तैमा अब हिन्दुस्तान मोटर्स कार उत्पादन गर्नेगरि भारतीय बजारमा फर्कँदै छ त्यो पनि त्यही आइकोनिक एम्बास्डर कारका साथ। हिन्दुस्तान मोटर्सले एम्बास्डर कार लिएर पुनरागमन हुन फ्रान्सेली कार उत्पादक प्युजोसँग साझेदारी गरेको हो। हिन्दुस्तान मोटर्सले ‘एम्बास्डर’ नाम भने प्युजोलाई केही वर्षअघि मात्र बिक्री गरेको थियो। प्युजो पीएसए अन्तर्गतको कम्पनी हो जुन अहिले स्टेलेन्टिस नामाकरण भइसकेको छ। 

images
images

हिन्दुस्तान मोटर्सको एम्बास्डर कार अब आउँदा विद्युतीय भर्सनमा मात्र आउने छ। रेट्रो डिजाइनबाट प्रभावित एम्बास्डर कारले नयाँ अवतारमा आउँदा त्यो कायम गर्न वा गर्दैन हेर्न बाँकी नै छ। पुरानो कारको जस्तो डाइमेन्सन र पर्पोल्सन नयाँ एम्बास्डरमा हुने छैन। एम्बास्डलर अब आउाँदा क्रसओभर एसयूभी भर्सनमा आउने छ। 

यो कारमा ठूलो आकारको टचस्क्रिनसहितका इन्फोटेनमेन्ट सिस्टम हुनेछ। एम्बास्डर इभीमा इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोललगायत विशेषता समावेश हुनेछन्। एम्बास्डर इभीले एकपटकको फुल चार्जमा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ। 

एम्बास्डर इभीको थप विशेषता बारे नखुलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । यो कार २०२३ को अन्त्य वा २०२४ को सुरुवातमा सार्वजनिक हुने आंकलन गरिएको छ। 

images

प्रकाशित : बुधबार, असार १ २०७९०७:५५
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ