सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २९ २०७९
आँबुखैरेनी खण्ड अवरुद्ध गरी भित्ता काटिँदै

आइतबार बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ। काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ।

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आइतबार पनि निरन्तरता दिइएको छ। 

केही दिनदेखि परेको वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ। सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ ५ बजेदेखि यातायात बन्द गरी सडक खन्ने काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। '५ बजेदेखि यातायात बन्द गरेर काम सुरु भएको छ। करिब दुई घण्टासम्म काम जारी रहँदा यातायात अवरुद्ध हुन्छ', इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक नीरज डाँगीले भने।

सडक डिभिजनले बिहानको समयमा ८ बजेदेखि काम सुरु गर्दा केही बेर सडक अवरुद्ध हुने गरेको छ।

आइतबार बिहान पनि ११ बजेसम्म सडक अवरुद्ध गरी काम गरिएको छ। काम नगरेको बेला एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ। सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ। उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुईको मृत्यु भएको थियो। रासस


प्रकाशित : आइतबार, जेठ २९ २०७९१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend