काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले असल नियतले सुरु गरिएका कामको पनि आलोचना हुने बताएका छन्।
रेमिट्यान्स कम्पनी आईएमईको २२अौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले देश र जनताको पक्षमा काम गर्दा आलोचना भए पनि यात्रा रोक्न नहुने बताएका हुन्।
आईएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई सुझाव दिँदै शर्माले भने, 'व्यवसाय, देश र जनताको पक्षमा काम गर्दा पनि आलोचना हुन्छ। तर आलोचना भयो भन्दैमा काम रोक्न हुँदैन भनेर म ढकालजीलाई भन्न चाहन्छु।'
देशमा रेमिट्यान्स भित्र्याउनमा आईएमईले पवित्र काम गरेको भन्दै शर्माले प्रशंसा गरेका थिए।