सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२४ घण्टा नै सञ्चालन हुने १० स्मार्ट शौचालय आगामी वर्षभित्रै बन्छ : मेयर बालेन

आइतबार, जेठ २९ २०७९
२४ घण्टा नै सञ्चालन हुने १० स्मार्ट शौचालय आगामी वर्षभित्रै बन्छ : मेयर बालेन

होटल तथा बैंक वित्तीय संस्थाले सञ्चालनका ल्याएका सार्वजनिक शौचालय २४ घण्टा नै सञ्चालन नहुने

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० भित्रै १० वटा स्मार्ट शौचालय बनाउने भएको छ। नगर कार्यापालिका बैठकमा मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षभित्रै १० वटा स्मार्ट शौचालक बनाउने उद्घोष गरेका हुन्।

शालले २४ घण्टा नै सञ्चालन हुने गरी स्मार्ट शौचालय बनाउने र सबैलाई सहज हुने खालको शौचालय बनाउने बताएका हुन्। शौचालय प्रतिस्पर्धाबाट निर्माण गरिने र सञ्चालनका लागि महानगरले आफै संयन्त्र बनाउने उनको भनाइ छ। उनले शौचालय सञ्चालन गर्न कसैलाई ठेक्कामा नदिनेसमेत बताएका छन्।

साथै शाहले अहिले होटल तथा बैंक वित्तीय संस्थाले सञ्चालनका ल्याएका सार्वजनिक शौचालय २४ घण्टा नै सञ्चालन नहुने र उनीहरूले कार्यालय खुल्ने समयमा मात्रै हुने बताएका छन्।

अर्को शौचालय सरसफाइका लागि नि:शुल्क शौचालय दिनेहरूलाई महानगरले ४ महिनामा एक पटक सामान सहयोग गर्ने शाहले बताएका छन्। तर होटल तथा रेष्टुँराले करमा छुट पाएपनि बैंकहरूले भने नपाउने शाहको भनाइ छ।


प्रकाशित : आइतबार, जेठ २९ २०७९०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend